पोखराबाट कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने २ शिक्षक उत्तरपुस्तिकासहित प्रकाउ
पाेखरा | बैशाख १७, २०८१
पोखरा: पोखराबाट कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने २ शिक्षकलाई प्रहरीले प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका ११ फुलबारीस्थित शिवशक्ति माविमा सञ्चालक भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र आउट गरेको आरोपमा २ शिक्षकलाई हिजो (आइतबार) प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।
विद्युतीय माध्यमबाट कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा पोखरा ११ फुलबारी बस्ने ३९ वर्षीय नारायण बास्तोला र ३७ वर्षीय रामचन्द्र बास्तोलालाई ८ थान उत्तर पुस्तिका र ३ थान मोबाइल सहित प्रकाउ गरेको प्रहरीले जनाएको छ ।
प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट शिक्षा ऐन २०२८, अन्तर्गतको कसुरमा अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखराबाट कक्षा १२ को परीक्षाको प्रश्नपत्र विद्युतीय माध्यमबाट बाहिरिएको भन्ने सूचनापछि वडा प्रहरी कार्यालय रामबजार र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलिले उनीहरुलाई प्रकाउ गरेको हो ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

